जनता टाइम्स

३१ असार २०७६, मंगलवार १६:२५

खेत जोतिरहेको बेला ट्रयाक्टर पल्टिँदा रौतहटमा एक युवकको मृत्यु


अखिलेश कुमार यादव / रौतहट

खेत जोतिरहेको बेला ट्रयाक्टर पल्टिदा रौतहटमा एक युवकको मृत्यु भएको छ । गढ़िमाइ नगरपालिकाको वडा नं. ४ सङ्ग्रामपुरमा रोपाइँको लागी खेत जोतिरहेको बेला ट्रयाक्टर पल्टिदा परमेश्वर यादवको छोरा मनोज यादवको मृत्यु भएको हो ।

पल्टिएको ट्रयाक्टरले च्यापिएर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।