जनता टाइम्स

२७ जेष्ठ २०७९, शुक्रबार २३:२४

यौन खेलौनाको खोजीमा ५० कटेका महिला


एजेन्सी/ इङ्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा छ ‘द डल हाउस’ । यौन खेलौना बेच्ने विख्यात कम्पनी हो यो । कम्पनीका अनुसार हाल पचासौं वर्षमा हिँडिरहेका महिलाहरू ‘महिला यौन खेलौना’ किनिरहेका छन् ।उनीहरू आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख नेपाली रुपैयाँ)सम्म तिर्न तयार हुन्छन् । मध्ये उमेरका समलिंगी र इतरलिंगी दुवैले सेक्स रोबोटको आनन्द लिइरहेको कम्पनीले जनाएको छ ।

द डल हाउसका प्रबन्ध निर्देशक फिल बास भन्छन्, ‘अहिले विवाहित, एकल र बच्चाबच्ची भएका मध्य उमेरका महिलाले सेक्स डल प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ । महिला–यौन खेलौना अब पुरुषहरूको चाहना मात्र रहेन । केही वर्षयता थुप्रै इङ्लिस महिलाले फिमेल सेक्स डल किनिरहेका छन् । खासगरी, ५० वर्षमा हिँडिरहेका महिलाले यौन खेलौनामा असाध्यै रुचि देखाउन थालेका छन् ।

’महिलाले महिला–यौन खेलौना बढी प्रयोग गर्न थालेपछि तिनको मूल्य पनि बढेको छ । आफूले भनेजस्तो यौन खेलौनाका लागि जति पनि रकम तिर्न तयार महिलाको ठूलो संख्या भएको द डल हाउसका बास बताउँछन् । ‘अचेल विभिन्न प्रकारका सेक्स डल पाइन्छन्’, बास भन्छन्, ‘बोल्ने, हाँस्ने, गाउनेदेखि चरमोत्कर्षमा पुगेको अभिनय गर्नेसम्म यौन खेलौना पाइन्छन् ।’

बासले तीन वर्षअघि मात्र यौन खेलौनाको व्यवसाय सुरु गरेका थिए ।‘कोही–कोही महिला ग्राहक त अचम्मका हुन्छन्’, उनी थप्छन्, ‘हालसालै एक जना ग्राहकले हामीलाई अनौठो अर्डर दिएकी छन् । उनी यस्तो रोबोट चाहन्छिन्, जसको टाउको त महिलाको होस् तर शरीर र यौनांग भने पुरुषको होस् ।’महिलाले कसरी यौन खेलौना प्रयोग गर्छन् भन्ने विषयमा थोरै मात्र अध्ययन भएका छन् ।

‘ह्वाइट द सेक्स’ नामक पोडकास्ट चलाउने पत्रकार फिबी ग्रेगरका अनुसार महिलाले सेक्स रोबोटलाई आफ्नो सपनाको व्यक्ति मानेका हुन्छन् ।‘आफूले कल्पना गरेको आदर्श पार्टनर वास्तविक जीवनमा नभेटेपछि महिलाहरू सेक्स रोबोटमार्फत आफ्नो त्यो इच्छा पूरा गरिरहेका हुन्छन्’, उनले भने ।