काठमाडौं, जेठ २८ । नेपाल टेलिभिजन इतिहासमै पहिलो पटक बन्द भएको छ । कमिशनको चक्करमा संझौता बमोजिम स्याटालाइट कम्पनीलाई तिर्नुपर्ने रकम नतिरेपछि जेठ २३ गते नेपाल टेलिभिजनको प्रशारण बन्द भएको हो ।
अध्यक्ष समिरजंग शाह टेलिभिजनमा रहेका केही कमिशनखोर ब्यक्तिहरुको चंगुलमा फसेर संझौताअनुसार थाइकमलाई रकम भुक्तानी नगरेपछि दिइएको चेतावनीलाई समेत बेवास्ता गर्दा नेपाल टेलिभिजनको इतिहासमै कालो दिन बनेको हो जेठ २३ गते सोमवार । त्यसदिन दिउसो ३ बजेको समाचार प्रशारण सुरु भएको केही मिनेटमै प्रशारण बन्द भएको थियो । तीन बजेर २ मिनेट जाँदा बन्द भएको प्रशारण ३ः४७ बजे मात्रै प्रशारण सुचारु भएको थियो । अर्थात ४५ मिनेटसम्म टेलिभिजनका सवै च्यानल बन्द भएका थिए ।
त्यसदिन नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र एनटीभी इटहरी गरी पाँच वटै च्यानल बन्द भएका हुन । ‘४५ मिनेट सवै च्यानल बन्द भयो, नेपाल टेलिभिजनको इतिहासमा जेठ २३ गते कालो दिनको रुपमा अंकित भयो,’ टेलिभिजनका एक कर्मचारीले जनताटाइम्स डटकमसँग भने । हालको स्याटालाइटले लामो समयदेखि भुक्तानी नपाएकोले छिटो भुक्तानी गर्न र भुक्तानी नपाए सेवा अवरुद्ध हुन सक्ने भनी बन्द गर्नुभन्दा ८० दिन अघि नै पत्र पठाएको थियो ।
तर टेलिभिजनको भ्रष्ट गिरोहले नियतवस नै फाइल अड्काउने सम्झौताअनुसारको भुक्तानी नदिने र यसै बाहनामा विवाद सिर्जना गरी सेवा अवरुद्ध हुने स्थिति सिर्जना गर्ने र ब्ल्याक आउट हुन लाग्यो भन्ने बहाना बनाई आफैले कमिशन मिलाएको अर्को स्याटालाइटसँग रातारात सम्झौता गरी ठूलो रकम हात पार्ने षडयन्त्रमा लागेकै कारण टेलिभिजन बन्द भएको हो ।
यसरी एकातिर संस्थानको पहुँच क्षेत्र घटाउने, भुक्तानी अड्काएर नाजायज आर्थिक फाइदा लिने र सम्झौता तोडी आफ्नो स्वार्थ अनुकूल एसियास्याटसंग गैरकानुनी सम्झौता गरी संस्थानलाई विघटन र ध्वस्त पार्ने खेलमा टेलिभिजनका गिरोह लागेको तथ्य जनताटाइम्सले गत फागुनमै खुलासा गरेको थियो ।
हेर्नाेस यो समाचार
यस्तै लामो समयसम्म सेटेलाइटको भाडा नतिरे बापत् उक्त कम्पनीले बारम्बार भुक्तानी पठाउन ताकेता गरेको र भुक्तानी प्राप्त नगरेमा प्रसारण अवरुद्ध हुन सक्ने भनी दुई तीन पटक मिति नै किटान गरेर पत्राचार गरिसकेको तथ्य चैतमा उजागर गरेको थियो ।
हेर्नाेस यो समाचार
कमिशनको खेलले प्रसारण नै अवरुद्ध हुने अवस्थामा नेपाल टेलिभिजन, भइरहेछ यतिसम्मको निकृष्ट हर्कत
प्रतिक्रिया दिनुहोस्