जनता टाइम्स

२९ जेष्ठ २०७९, आईतवार १८:०४

रेस्लर युनिकाको ‘बलात्कारीलाई फाँसी दे’ मा जुरेलीको समेत अभिनय (भिडियोसहित)


काठमाडौं, २९ जेठ । पहिलो नेपाली महिला रेस्लिर भगवती खड्का (युनिका) ले ‘बलात्कारीलाई फाँसी दे’ बोलको गित बजारमा ल्याउनुभएको छ । उहाँकै युट्युव च्यानलमार्फत विहिबार आफ्नै स्वरमा रहेको ‘बलात्कारीलाई फाँसी दे’ को भिडियो सार्बजनिक भएको हो ।

गायिका समेत रहनुभएको उहाँको स्वयं फिचर्ड रहेको भिडियोमा बलात्कारबाट शिकार भएका नारीहरुमा समर्पित सामाजिक जनचेतनामूलक सन्देशलाई सशक्त रुपमा उजागर गरिएको छ । अहिले देशमा भइरहेको महिलामाथिको अन्याय, अत्याचार र सामाजिक विकृतिलाई जरैदेखि नउखेलेसम्म महिला हिसां बन्द गर्न सम्भव छैन भन्ने सन्देश प्रवाह गरेको भिडियोमा रेस्लर तथा मोडल अस्मिता जुरेलीको समेत अभिनय रहेको छ ।

सञ्जय खड्का, लोकसरी कुँवर र जीवी क्षेत्रीको शब्द रचना रहेको यस भिडियोमा नरहरी प्रेमीको संगीत रहेको छ । संगीत संयोजन भने सञ्जय हमालको रहेको गितको सम्पादन, छायाङ्कन, निर्देशन तथा कलरिङ मन्दिरा शर्माले गर्नुभएको हो ।