जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार ०७:५१

अफगानिस्तानमा २२ मिलियनभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त


अफगानिस्तान,३० जेठ ।अफगानिस्तान गम्भिर खाद्य सङ्कटको सामना गरिरहेको छ,२२ मिलियनभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त रहेको छन् ।

खामा प्रेसको एक प्रतिवेदन अनुसार अफगानिस्तानमा ९७ प्रतिशतभन्दा बढी खाद्यान्न अभावबाट प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। गत वर्ष अगस्तमा तालिबानले अफगानिस्तानको भूमि नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकासिएको छ।

मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमले काबुलमा ३० लाखभन्दा बढी मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको छ ।