जनता टाइम्स

१ श्रावण २०७६, बुधबार १२:५८

पौडी खेल्न पोखरीमा हाम फाल्दा गयो दुई युवाको ज्यान


भोजपुर, साउन १ । गर्मी भयो भन्दै पानी जमेको पोखरीमा पौडी खेल्न जाँदा भोजपुरमा दुई युवाको मृत्यु भएको छ । भोजपुरको आमचोक गाउँपालिकामा पोखरीमा पौडी खेल्ने क्रममा वडा नम्बर २ यूँको थामडाँडास्थित पासाङ शेर्पाका २५ वर्षीय छोरा निमा शेर्पा र दावा शेर्पाका छोरा २० वर्षीय गेल्बु शेर्पाको मृत्यु भएको हो । पानी जमेको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

खानेपानीका लागि निर्माणाधिन उक्त पोखरीमा स्थानीयबासीले सोमबार करिब साढे १२ बजेतिर दुवैको शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । वेश क्याम्पबाट इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोरेटारमा सूचना पाएपछि ६ जनाको प्रहरी टोलीले उनीहरुको शव पोखरीबाट निकालेको थियो।

घरबाट घुम्न निक्लिएका दुई भाइ पोखरीमा पौडी खेल्न हाम फालेको तर बाहिर निस्किन नसकेपछि मृत्यु भएको स्थानीयले बताएका छन । पोखरी गहिरो भएकाले बाँध भत्काएर शव निकालिएको थियो ।