जनता टाइम्स

६ असार २०७९, सोमबार १८:२२

नासाले अन्तरिक्षमा भएको अपराधको कसरी अनुसन्धान गर्दैछ ?


एजेन्सी । अन्तरिक्षको बारेमा अझै धेरै कुराहरू छन् जसको बारेमा हामी पृथ्वीका मानिसहरूलाई थाहा छैन। तर एउटा कुरा पक्का छ कि यदि तपाईं पृथ्वीको परिक्रमा छोडेर अन्तरिक्षमा जाँदै हुनुहुन्छ र त्यहाँ कुनै पनि अपराध गर्नुहुन्छ भने, नियमहरू पृथ्वीकै मात्र लागू हुनेछ ।
नासाले यस्तै आपराधिक मुद्दाको अनुसन्धान गर्न लागेको छ। यदि यो अपराध भएको हो भने यो अन्तरिक्षमा भएको हो र नासाले यसको अनुसन्धान गर्न गरेको हुनेछ ।

एक अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा रहँदा आफ्नो पूर्व ब्याईफ्रेन्डको बैंक खाताको बारेमा जानकारी प्राप्त गर्ने प्रयास गरेको आरोप छ। नासाको इन्टरनेशनल स्पेस स्टेसनमा रहँदा उनले यो सबै गरेको आरोप लागेको छ । आरोप प्रमाणित भएमा यो अन्तरिक्षमा भएको पहिलो अपराध हुनेछ ।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार अन्तरिक्ष यात्री एन म्याकक्लेनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट आफ्नो ब्वाईफ्रेन्डको बैंक खाता जाँच गरेको स्वीकार गरेकी छिन् तर आफूले केही गलत नगरेको बताएकी छन्। उनको पूर्व ब्वाईफ्रेन्ड समर वार्डनले एन विरुद्ध संघीय व्यापार आयोगमा उजुरी दिएकी छिन्।

एन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फर्किइ सकेकी छन् । आफ्नो वकिल मार्फत न्यु योर्क टाइम्ससँग कुरा गर्दै, एनले भनिन् ‘वार्डनले खाताहरूमा ध्यान दिने गरेका थिएनन्। धेरै बिल तिर्नुपर्ने थियो र वार्डनको छोराको हेरचाहमा धेरै पैसा पनि खर्च भयो।’ अलग हुनुअघि दुवैले सँगै उनको हेरचाह गरिरहेका थिए ।
एनका वकिल रस्टी हार्डेन भन्छिन् कि उनले आफूले अनुपयुक्त हुन सक्ने कुनै पनि काम गरेकी छैनन् ।

वायुसेनाको गुप्तचर विभागका अधिकारी एन र वार्डनले सन् २०१४ मा विवाह गरेका थिए । तर सन् २०१८ मा वार्डनले सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए । नासाको महानिरीक्षक कार्यालयले यस विषयमा निष्पक्ष छानबिनका लागि दुवै पक्षलाई सम्पर्क गरेको जनाएको छ।

धर्तीको नियमले अन्तरिक्षमा कसरी काम गर्छ ?
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र पाँच राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सीहरूको संयुक्त केन्द्र हो। यसमा अमेरिका, क्यानडा, जापान, रुस र धेरै युरोपेली देशहरू सामेल छन्। कानूनको कुरा, कुनै व्यक्ति अन्तरिक्षमा भए पनि उसलाई ती सबै नियम लागू हुनेछन्, जुन पृथ्वीमा रहँदा त्यस देशको कुनै पनि नागरिकलाई लागू हुन्छन्।

उदाहरणका लागि यदि कुनै क्यानाडाली व्यक्तिले अन्तरिक्षमा अपराध गर्छ भने उसलाई क्यानाडाको राष्ट्रिय नियम लागू हुनेछ र यदि कोही रुसी व्यक्ति भएमा उसलाई रुसी नागरिकका रूपमा रुसका सबै राष्ट्रिय नियम लागू हुनेछन्। जुन पृथ्वीमा बाँचिरहेकाले भोगेका हुन्छन् ।

आगामी दिनमा अन्तरिक्ष पर्यटन यथार्थमा परिणत हुने दाबी धेरै पटक भइसकेको हुनाले अन्तरिक्षमा हुने अपराधलाई कारबाही गर्नुपर्ने अवस्था आउन सक्छ तर अहिले त्यस्तो व्यवस्था छैन । अर्कोतर्फ, नासाका अधिकारीहरूले न्यूयोर्क टाइम्सलाई अन्तरिक्ष स्टेशनमा भएको कुनै पनि अपराधको बारेमा जानकारी नभएको बताएका छन् ।