जनता टाइम्स

८ असार २०७९, बुधबार १४:२९

कन्दरा ब्यान्डको व्यवस्थापन ‘नेपग्याज्म लाइभ इभेन्ट’ ले गर्ने


काठमाडौं, ८ असार । सांगीतिक ब्यान्ड ‘कन्दरा’र ‘नेपग्याज्मलाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यावयसायिक सम्झौता भएको छ । ७ असारमा भएको सम्झौतापछि कन्दराका गीतसंगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्मलाइभ इभेन्ट (एनएलई) ले गर्ने गायक विवेक श्रेष्ठले बताउनुभयो । ‘सन् २०१६ देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौं।

संगीत पूर्णरुपमा व्यावसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौं,’ गायक श्रेष्ठले भन्नुभयो,‘नेपग्याज्मलाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि हामीबीच सहकार्य भएको हो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार यही वर्ष ब्यान्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ ।