जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार १५:५१

प्रधानन्यायाधीश चोलेन्द्रको एक्सन : एकैदिन २३४ न्यायाधिशको सरुवा


काठमाडौं, साउन २

न्यायालय सुधारका लागि चौथो पञ्चवर्षिय योजना लागु भएकै भोलीपल्ट प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले व्यापाक मात्रामा न्यायाधिशको सरुवा गर्नुभएको छ । उहाले एकै दिन २३४ न्यायाधिशको सरुवा गर्नुभएको हो ।

उहाको अध्यक्षतामा रहेका यपरिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ । दुई वर्ष पुगेका न्यायाधीशहरूको अर्को अदालतमा सरुवा गर्ने निर्णय बिहीबार बसेको परिषद् बैठकले गरेको हो । न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश राणाले सरुवा गर्नुभएको हो ।

नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिन राणाले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गर्नुभयो । यसैविच, विशेष अदालतको अध्यक्ष पनि हेरफेर गर्नुभएको छ । उच्च अदालत दिपायलका न्यायाधिश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गरिएको छ ।

न्यायाधिशको सरुवा हेर्न यहाँ क्लिक गर्नुहोस्