जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार २०:४१

कैलालीमा शक्तिशाली बम विस्फोट : पाँच जना घाइते, एकको अवस्था गम्भीर


कैलाली, साउन २

कैलालीको धनगढीस्थित निलम होटेलमा शक्तिशाली बम बिस्फोट भएको छ । विस्फोटमा परी ५ जना घाइते भएका छन् । जसमध्ये एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीले अनुसार नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले कम्मरमा बम बाधेर ल्याएर पड्काएको जनाएको छ । विस्फोटमा परी घाइते हुनेमा लक्ष्मण सेरेला, राम सिंह, मोविन खान, जीतेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डेय रहेका छन् । उनीहरु सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये राम सिंहको अवस्था गम्भीर छ । उनको पिठ्युमुनी कम्मरसम्मको भाग पूरै क्षतविक्षत भएको छ ।

प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले विप्लवका कार्यकर्ताले पिठ्युमा बोकेकै अवस्थामा बम बिस्फोट भएको हुन सक्ने बताउनु भयो । यद्यपी घटनाबारे थप अनुसन्धान भईरहेकाले अन्य कुरा पछि मात्र बताउन सक्ने जानकारी उहाले दिनुभयो । यसैविच, घटनास्थलमा एउटा पेस्तोलसमेत फेला परेको छ । घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिनुभयो ।