जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार ०८:५९

युवति लिएर होटल छिरेका युवा मृत भेटिए


दाङ, साउन ३

दाङमा एक युवती लिएर राति होटल आएका एक युवा मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका युवक मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षिय रमेश हमाल होटेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । हमाल एक युवतीसँगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएको होटेल संचालकले जानकारी दिएका छन् । हमालसँगै होटेलमा रुकुमकी एक युवतीपनि पुगेको प्रहरीले जानकारी दिएको छ । उनि हमालकी श्रीमति रहेको हुन सक्ने आशंका गरिएको छ ।

युवतीलाई भने ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । उनले यो भन्दा अगाडि मृतक हमालसँग डिभोर्स गर्ने सर्तमा ५ लाख रुपैंया लगेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।