जनता टाइम्स

१३ असार २०७९, सोमबार १५:४७

आलिया भट्ट गर्भवती, दिइन चाँडै बच्चा आउने जानकारी


मुम्बई, १३ असार । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने हुनुभएको छ । आज बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिनुभएको हो । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् ।

तस्बिरमा उहाँहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ । आलियाले ‘हाम्रो बच्चा…चाँडै आउँदैछ’ भनेर लेख्नुभएको छ ।

आलिया र रणवीरको भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’को सेटमा भएको थियो । त्यसपछि उहाँहरुले डेटिङ सुरु गर्नुभएको थियो । रणवीर र आलियाले यसै वर्षको १४ अप्रिलमा विवाह गर्नुभएको थियो । विवाहको दुई महिनामै आलियाले आफू गर्भवती भएको खबर सार्वजनिक गर्नुभएको हो ।