काठमाडौं । फेरि अर्का युट्युबर पक्राउ परेका छन् ।अश्लील शीर्षक राखेर भिडिओ सामग्री प्रकाश गरेको आरोपमा फोर रियल टिभी नामक युट्यूब च्यानलका सञ्चालक २२ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो ।लामाले रातिराति काठमाडौंका विभिन्न सडकमा युवतीहरूलाई अश्लील प्रश्न सोधेर भिडिओ प्रकाशन गर्दै आएको प्रहरीले बताएको छ ।
एक पीडित युवतीको उजुरीका आधारमा लामा पक्राउ परेका हुन् ।समाजमा अश्लिलता फैलाउने किसिमका भिडिओ बनाइ सामाजिक सञ्जालहरूमा प्रकाशन गरेकाले विद्युतीय कारोबार ऐनअन्तर्गको कसुरमा उनलाई पक्राउ गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्