जनता टाइम्स

४ श्रावण २०७६, शनिबार १६:१७

एकै परिवारका दुईसहित तीन बालबालिकाको डुबेर मृत्यु


रौतहट, साउन ४

रौतहट र सर्लाहीमा गरी तीन जना बालबालिकाको डुबेर मृत्यु भएको छ । खाल्डोमा जमेको पानीमा डुबेर रौतहटमाा एकै परिवारका दुई र सर्लाहीमा एक जनाको मृत्यु भएको हो ।

देवाही गोनाही नगरपालिका–५ का निरुता कुमारी र पिन्की कुमारीको खाल्डोमा जमेको पानीमा डुब्दा शनिबार मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । गोठालो गएका उनीहरु गर्मी बढेपछि नुहाउन खोज्दा लालबकैया नदीको बाँधमा रहेको खाल्डोमा परेको अनुमान गरिएको छ।

उता, सर्लाहीको मलंगवा नगरपालिका १२ स्थित एक पोखरीमा डुबेर १२ वर्षिय पवन महतोको मृत्यु भएको छ। नुहाउन गएका महतोको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।