जनता टाइम्स

२५ असार २०७९, शनिबार ०८:२२

अमरनाथमा आँधी र वर्षाका कारण १६ जनाको मृत्यु, ४० भन्दा बढी बेपत्ता


अमरनाथ,२५असार।भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ ।

वर्षामा परि ४० भन्दा बढी बेपत्ता भएका छन् ।

वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।