जनता टाइम्स

२६ असार २०७९, आईतवार १६:०६

करणसँग किन रिसाइन् सारा ?


मुम्बई, २६ असार । बलिउडका लोकप्रिय निर्माता करण जोहारको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा हुनुहुन्छ । गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो । ओटीटीमा आउनुअघि यो शोमा आएका अतिथीहरुको सर्ट क्लिप ट्रेलरका रुपमा देखाइएको थियो । शोमा सारा अली खान र कात्तिक आर्यनलाई पनि देखिएपछि दर्शकले उनीहरुको सम्बन्धका बारेमा अड्कलबाजी गरेका थिए ।

यही बीचमा करणले सारा र कात्तिक प्रेम सम्बन्धमा रहेको बताएका थिए । तर, यो भनाई अहिले करणकै लागि महंगो साबित भएको छ । करणको व्यवहारप्रति सारा खुशी छैनन् । ‘सारा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका कुरालाई सार्वजनिक रुपमा कसैले भनिदिँदा रिसाउनुभएको छ । अर्थात् उहाँ करणसँग सन्तुष्ट हुनुहुन्न । सारा आफ्नो करियरको ग्राफका बारेमा मात्र दर्शकले थाहा पाउन भन्ने चाहनुहुन्छ ।

सारा बलिउडमा पहिचान बनाउन संघर्षरत हुनुहुन्छ । यही बेला उहाँको जीवनसँग जोडिएका कुरा आउँदा उहाँ रिसाउनुभएको छ’, सारा निकट स्रोतले भनेको छ । यो घटनापछि साराले करणसँग बोलचाल नै बन्द गर्ने भन्ने मनसाय बनानुभएको छैन । तर, उहाँ मानिसहरु आफ्नो फिल्मको बारेमा मात्र कुरा गरुन् भन्ने चाहानुहुन्छ ।