जनता टाइम्स

५ श्रावण २०७६, आईतवार १४:१७

किशोरीलाई बन्धक बनाएर ४ दिनदेखि पालैपालो बलात्कार


काठमाडौं, साउन ५ । कोठामा बन्धन बनाएर अठार वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालार्य प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपालिका–३ घर भएका २७ वर्षीय टेकलाल गिरी, सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार खड्गी र काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय बखतबहादुर माझीलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिगत ४ दिनदेखि ती किशोरीलाई उनीहरुले जबरजस्ती करणी गरेका थिए । प्रहरीमा सो सूचना आउनसाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।