जनता टाइम्स

३० असार २०७९, बिहीबार १७:०५

पहिलो सेक्सका लागि ध्यान दिनैपर्ने यी ५ कुरा


पछिल्लो समय यौन सम्पर्क अर्थात सेक्सको बारेमा परिवारभित्रै खुलेर कुराकानी हुन थालेको छ । यौन शिक्षाको आवश्यकता महसुस गरी अहिले शहरिया क्षेत्रमा सेक्सको बारेमो परिवारमै महिला सदस्यबीच र पुरुष–पुरुषबीच छलmल हुन थालेको छ ।

मानिसको जीवनमा पहिलो सेक्स महत्वपूर्ण क्षण हो । जीवनमा नभई नहुने अनिवार्य कुरा पनि हो । सेक्सलाई सही रुपमा सदुपयोग गर्दा औषधीको काम गर्दछ भने दुरुपयोग भयो भने सिंगो समाज भाडने काम गर्छ । सेक्सका बेला हरकोही पीडामुक्त आनन्द लिन चाहन्छ । जुन क्षण तपाईंलाई पार्टनरको नजिक ल्याउन सक्छ ।

सेक्सको यो क्षणलाई महसुस गर्न आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नु, आफ्नो भावना व्यक्त गर्नु र समय दिनु आवश्यक हुन्छ । पहिलो पटक सेक्स गर्दा लाज र हिचकिचाहटको अनुभूति हुन्छ तर यी सबै कुरा आफ्नो पार्टनरसँग सेयर गर्न आवश्यक छ । तपाईं र तपाईंको पार्टनरको लागि पहिलो पटकको सेक्सको अनुभवलाई राम्रो र पीडामुक्त बनाउनको लागि यी तरिका आपनाउनु राम्रो हुन्छ ।

सेक्सको बारेमा कुरा गर्नुहोस

पहिलो पटक यौनसम्पर्क गर्नको लागि यौन सम्बन्धको बारेमा जान्न महत्वपूर्ण हुन्छ । यस विषयमा आफूभन्दा जानकार व्यक्तिसँग खुलेर कुरा गर्नुपर्छ । जसले तपाईंको पहिलो सेक्स आरामदायी र आनन्ददायी हुन्छ ।

तयारी गर्नुहोस

पहिलो पटकको सेक्सको लागि पूर्वतयारी जरुरी छ । अर्थात सेक्सका लागि आफू तयार हुनु जरुरी हुन्छ । ताकी परिआएको समस्याबाट मुक्त हुन सकियोस । यौन सम्पर्क गर्नु अगावै यौनजन्य रोगबाट बच्ने तरिका, यौन अंग र शरीरको सेक्स जोनबारे जानकारी राख्नुपर्छ । यसले तपाईंको यौन जीवनमा आइपर्ने जोखिमबाट टाढा राख्छ ।

पार्टनरको सहमतिलाई बुझ्ने
यौनसम्पर्कका दौरानमा पार्टनरको सहमति जान्न एकदमै जरुरी हुन्छ । पार्टनरले पहिलो पटक, अन्तिम पटक वा बीचमा कुनै पनि समयमा सहमति छ कि छैन । पार्टनरको असहमतिमा जबरजस्ती सेक्स गर्दा थप पीडा हुन्छ र पार्टनरको भावनामा चोट पुग्छ । त्यसैले आफ्ने पार्टनरको भावना बुझेर सेक्स गर्दा सम्बन्ध बलियो हुनुका साथै यौन जीवन शुखमय हुन्छ ।

पार्टनरको विश्वास कायम राख्नुहोस

यौन सम्बन्ध राम्रो बनाई राख्नका लागि एकअर्काप्रति विश्वास कायम राख्न जरुरी हुन्छ । जसका लागि तपाईंले आफ्नो पार्टनरसँग सेक्सपछिको अनुभव सटासाट गर्न जरुरी हुन्छ ।

केही फरक प्रयास नगर्नुहोस

तपाईं र तपाईंको पार्टनर सेक्सको दौरान केही फरक गर्ने कोशिस नगर्नुहोस । किनकी पहिलो सेक्समा तपाईले केही फरक गर्न खोज्दासम्म पार्टनरको मुड बिग्रिन सक्छ । त्यसैले पहिलो पटक यौनसम्पर्क गर्दा केही फरक प्रयास नगर्नुहोस ।