एजेन्सी, ३० असार । सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगेको विषयमा स्पष्टीकरण दिएको छ । मीडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजपक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘श्रीलंकाका राष्ट्रपति राजपक्षे निजी भ्रमणका लागि सिंगापुर आउने अनुमति दिइएको हो । उहाँले राजनीतिक शरण माग्नुभएको छैन र कसैलाई राजनीतिक शरण दिइएको छैन । सिंगापुर सामान्य रूपमा राजनीतिक शरण दिने निवेदनलाई स्वीकार गर्दैन ।’
श्रीलंकामा जारी अस्थिरताका बीच एक दिन पहिला राष्ट्रपति गोटाबाया राजपक्षे माल्दिभ्स पुग्नुभएको थियो । उहाँले अहिलेसम्म राजीनामा दिनुभएको छैन । उहाँको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमसिंघे कार्यकारी राष्ट्रपति बन्नुभएको छ । श्रीलंकामा प्रदर्शनकारीहरूले गोटाबाया राजपक्षे र विक्रमसिंघे दुबैको राजीनामा मागिरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्