जनता टाइम्स

३१ असार २०७९, शुक्रबार १२:५४

‘लालसिंह चड्डा’ को पाँच सेकेन्डको गीत खिच्न ४५ दिन


मुम्बई, ३१ असार । आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ आगामी ११ अगस्टमा रिलिज हुँदैछ । फिल्मको निर्माणका यसको कथासँगै संगीत पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको नयाँ गीत ‘तुर कलेयाँ’ शुक्रबार रिलिज हुँदैछ । यो गीत सबैभन्दा लामो सट्स सिक्वेन्समा छ ।

पाँच सेकेन्डको यो सट्सलाई खिच्न प्राविधिक टिमलाई झन्डै ४५ दिन लागेको थियो । यो गीतको दृश्य कश्मीरदेखि कन्याकुमारीसम्म खिचिएको छ । गीतले भारतको विभिन्न भौगोलिक परिस्थितिहरू र स्थलका तस्विरलाई प्रस्तुत गरेको छ । टिमका अनुसार यो गीत सुटिङ भइरहँदा आमिरको घुँडामा निकै दुखाई भएको थियो । उनले दुखाई काम गर्ने औषधि सेवन गरेर सुटिङ गरेका थिए ।

सुटिङभर आमिरले एक फिजियोथेरापिस्टलाई सँगै राखेका थिए । फिल्मको निर्देशक अद्वैत चन्दनले गरेका हुन् । फिल्ममा करीना कपूर खान प्रमुख भूमिकामा छिन् । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । यसको अडेप्टेसन अतुल कुलकर्णीले गरेका हुन् । फिल्ममा तेलुगू स्टार नागा चैतन्य अहं भूमिकामा छन् ।