जनता टाइम्स

५ श्रावण २०७६, आईतवार २०:२६

नेकपाले तोक्यो चुनाव जित्ने र जिताउनेलाई नै महानगरका इञ्चार्ज


काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ जिल्लासहित ६ महानगरपालिका इन्चार्ज र सहइन्चार्जको चयन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले ६ महानगरपालिकाकामध्ये पोखरा र चितवनका मेयरलाई नै इन्चार्जको जिम्मेवारी दिएको छ ।

नेकपाले काठमाडौं महानगरको इन्चार्जमा युवा नेता तथा संघीय संसदका सांसद जीवराम श्रेष्ठलाई जिम्मेवारी दिएको छ । काठमाडौं महानगरपालिकाको निर्वाचन जिताउन उल्लेख्य भुमिकानिर्वाह गर्नुभएका युवा नेता श्रेष्ठलाई नेकपाले इञ्चार्जको भुमिका दिएको हो । त्यस्तै ललितपुर महानगर इन्चार्जको जिम्मेवारी महिला नेतृ सुशीला नेपालले पाउनुभएको छ । काममा अब्बल नेतृ नेपाललाई नेकपाले ललितपुर महानगरको जिम्मा दिएको हो ।

यतै पोखरा महानगरको इन्चार्जमा मेयर मानबहादुर जिसीलाई नै तोकिएको छ भरतपुर महानगरपालिकाको इन्चार्जसमेत मेयर रेणु दाहालले पाउनु भएको छ । त्यस्तै बैठकले विराटनगर महानगरपालिका इन्चार्जको जिम्मेवारी शिवकुमार मण्डललाई दिइएको छ भने वीरगंज महानगरको इन्चार्जको जिम्मेवारी दिनेश राईलाई तोकिएको छ ।