जनता टाइम्स

५ श्रावण २०७६, आईतवार २३:०३

प्रदेश–५ : इन्चार्जमा प्रदेशमन्त्री र सांसदकै बाहुल्यता


काठमाडौं, साउन ५

प्रदेश–५ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको इन्चार्ज र सहइन्चार्जमा प्रदेशमन्त्री र सांसदको बाहुल्यता देखिएको छ । यो प्रदेशमा रहेका १२ मध्ये सात जिल्लामा पूर्वएमाले र ५ मा पूर्वमाओवादीले इन्चार्ज पाएको छ ।

इन्चार्जको जिम्मेवारी पाउने रुपन्देहीका लिला गिरी र पश्चिम नवलपरासीका बैजनाथ चौधरी प्रदेश ५ का मन्त्री हुनुहुन्छ । रुपन्देही, पाल्पा, पश्चिम नवलपरासी, गुल्मी, प्यूठानको इन्चार्ज र सहइन्जार्च हुनेहरू सबै जनप्रतिनिधि रहनु भएको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका मन्त्री, सांसदसहित उपमहानगरका प्रमुखले समेत जिम्मेवारी पाएका छन्।

प्रदेश–५ का यी हुन् इन्चार्ज र सहइन्चार्ज

पश्चिम नवलपरासी : इन्चार्ज– बैजनाथ चौधरी पूर्वएमाले (मन्त्री, भौतिक पूर्वाधार विकास)

रुपन्देही

इन्चार्ज– लिला गिरी (पूर्वएमाले), मन्त्री, उद्योग, पर्यटन वन तथा वातावरण

सह–इन्चार्ज– एकराज विश्वकर्मा (पूर्व एमाले), जिसस प्रमुख

खिमलाल भट्टराई (पूर्व एमाले), राष्ट्रिय सभा सदस्य

दधिराम न्यौपाने (पूर्वमाओवादी केन्द्र), प्रदेश सभा सदस्य

पाल्पा

इन्चार्ज– सोमप्रसाद पाण्डे, (पूर्व एमाले), सांसद प्रतिनिधिसभा

सह–इन्चार्ज– तुलाराम घर्ती, (पूर्वमाओवादी केन्द्र) सांसद प्रदेशसभा

कपिलवस्तु

इन्चार्ज– गिरीधारीलाल न्यौपाने, (पूर्वमाओवादी केन्द्र)

सह–इन्चार्ज– विमला घिमिरे, (पूर्व एमाले)

गुल्मी दिनेश पन्थी, (पूर्वमाओवादी केन्द्र), प्रदेशसभा सांसद

अर्घाखाँची

इन्चार्ज– नजिर मिया, (पूर्वएमाले)

सह–इन्चार्ज– शुशिला श्रीपाइली, (पूर्वमाओवादी केन्द्र)

प्यूठान

इन्चार्ज– कृष्णध्वज खड्का, (पूर्वमाओवादी केन्द्र), प्रदेशसभा सदस्य

दाङ

इन्चार्ज – जीवन गौतम, (पूर्वमाओवादी केन्द्र)

सह-इन्चार्ज – इन्द्रजित चौधरी (पूर्वमाओवादी केन्द्र), प्रदेशसभा सांसद

दामा शर्मा (पूर्वमाओवादी केन्द्र), प्रदेशसभा सांसद

मेटमणि चौधरी, (पूर्वएमाले)

हेमराज शर्मा (पूर्वमाओवादी केन्द्र)

नरुलाल चौधरी (पूर्व एमाले), मेयर, तुल्सीपुर उपमहानगर

नारायणी शर्मा, (पूर्वमाओवादी केन्द्र)

निर्मल आचार्य, (पूर्वमाओवादी केन्द्र)

शान्ता चौधरी, (पूर्वएमाले) सांसद प्रतिनिधिसभा

भागवत विश्वासी, (पूर्वएमाले)

रुकुमपूर्व 

इन्चार्ज–खेममान खड्का, (पूर्वएमाले)

सह–इन्चार्ज– कमला रोका, (पूर्वमाओवादी केन्द्र)

सह–इन्चार्ज– तेजबहादुर ओली, (पूर्वमाओवादी केन्द्र), प्रदेशसभा सांसद

रोल्पा

इन्चार्ज– दीपेन्द्र पुन, (पूर्वमाओवादी केन्द्र) प्रदेशसभा सांसद

सह–इन्चार्ज–ताराकुमारी घर्ती, (पूर्वमाओवादी केन्द्र)

सह–इन्चार्ज– नवीन रोका मगर, (पूर्वमाओवादी केन्द्र)

बाँके

इन्चार्ज–दिनेश यादव, एमाले

सह–इन्चार्ज–पूर्णकुमारी सुवेदी (पूर्वमाओवादी केन्द्र), सांसद प्रतिनिधिसभा

सह–इन्चार्ज–महेशराज गहतराज, (पूर्वमाओवादी केन्द्र) , सांसद प्रतिनिधिसभा

सह–इन्चार्ज–मोहम्मद हारुन, (पूर्वएमाले)

बर्दिया

इन्चार्ज–लक्ष्मण ज्ञवाली (पूर्व एमाले)

सह–इन्चार्ज–सन्तकुमार चौधरी  (पूर्वमाओवादी केन्द्र), सांसद, प्रतिनिधिसभा

सह–इन्चार्ज–तिलकराम शर्मा, (पूर्वमाओवादी केन्द्र) केन्द्र, सांसद प्रदेशसभा