जनता टाइम्स

५ श्रावण २०७९, बिहीबार १२:५७

श्रीलंकामा विक्रमासिंघेले लिए राष्ट्रपतिको सपथ


कोलम्बो, ५ साउन । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिनुभएको छ । ६ पटक प्रधानमन्त्री बन्नुभएको क्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा आज पद तथा गोपनियताको सपथ लिनुभएको हो । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष सपथ लिनुभयो ।

श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको सपथ ग्रहण समारोहमा सरिक हुनुभएको थियो ।

यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।