काठमाडौं, ५ साउन । काठमाडौँ । भारतको १५ औँ राष्ट्रपतिको रूपमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । उहाँ भारतको राष्ट्रपतिमा निर्वाचित पहिलो आदिवासी महिला हुनुहुन्छ ।
भाजपाले नतिजापछि दिल्लीमा विजयी जुलुस निकाल्ने घोषणा गरेको छ । राष्ट्रपतिको जितपछि र्याली निकाल्न लागिएको यो पहिलो पटक हो ।
बीजेपी अध्यक्ष जेपी नड्डाले राजपथसम्म सो जुलुसको नेतृत्व गर्ने जनाइएको छ ।द्रौपदीको विजयले आदिवासी समुदाय र विशेष गरी महिलाहरूलाई विशेष सन्देश जाने भाजपाको अपेक्षा छ । यही कारणले जितपछि पोस्टरमा द्रौपदी मुर्मुसँग अन्य नेताको तस्बिर नराख्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिइएको छ ।विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै मुर्मू राष्ट्रपति निर्वाचित हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्