जनता टाइम्स

६ श्रावण २०७९, शुक्रबार ०८:४०

भारतमा एकैदिन १७ हजार कोरोना संक्रमित भेटिए


काठमाडौँ, ६ साउन ।  छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।