जनता टाइम्स

७ श्रावण २०७९, शनिबार १७:१९

श्रीलंकामा प्रदर्शनकारीमाथि भएको आक्रमणको मानवअधिकारवादी समूहद्वारा निन्दा


न्युयोर्क, ७ साउन । न्युयोर्कस्थित अधिकारवादी समूह ह्युमन राइट वाच (एचआरडब्लू) ले श्रीलंकामा प्रदर्शनकारीहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ । सुरक्षाकर्मीलाई प्रदर्शनकारीविरुद्ध गैरकानुनी बल प्रयोग रोक्न पनि एचआरडब्लूले सरकारसँग माग गरेको छ ।

सुरक्षाकर्मीले शुक्रबार राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका थिए ।

सो क्रममा ९ जना पक्राउ परेका थिए । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको थियो । पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको सपथ लिएका थिए ।