जनता टाइम्स

८ श्रावण २०७९, आईतवार १०:२६

अजय देवगन र सूर्यालाई नेशनल अवार्ड


मुम्बई, साउन ८ । बलिउड अभिनेता अजय देवगन र दक्षिण भारतीय फिल्मबाट अभिनेता सूर्याले नेशनल अवार्ड जित्नुभएको छ ।

अजयले तान्हाजी र सूर्याले सोरारई पोटारुबाट ‘बेस्ट एक्टर’को अवार्ड जित्नुभएको हो । त्यस्तै ‘बेस्ट एक्ट्रेस’को अवार्ड सोरारई पोटारुबाटै अपर्णा बालामुरलीले जित्नुभएको छ ।

बेस्ठ फिल्ममा तुलसी दास जुनियर, बेस्ट निर्देशकमा एक अय्याप्पनम कोशियुमका लागि सचिदानन्दन केआर र सोही फिल्मबाट बिजु मनेनले सपोर्टिङ एक्टरको अवार्ड जित्नुभएको छ । नेशनल अवार्डमा दक्षिण भारतीय फिल्महरुको वर्चस्व रहेको थियो।