जनता टाइम्स

१० श्रावण २०७९, मंगलवार १२:१९

डुंगामा सवार महिलामाथि जव जाइलाग्यो समुन्द्री माछा सेलफिस


न्युयोर्क, एजेन्सी ।  विश्वास गर्नुहोस् वा नगर्नुहोस् एउटा १०० पाउन्डको सेलफिस (लामो र तिखो चुच्चो भएको  समुद्री माछा) पानीबाट बाहिर निस्केर एक महिलालाई आक्रमण गरेको छ ।

अमेरिकाको फ्लोरिडामा माछा मार्ने डुंगामा सवार मेरील्याण्डकी ७३ वर्षीया महिलालाई सेलफिसले आफ्नो चुच्चो धसेर घाइते बनाएको हो ।मार्टिन काउन्टी शेरिफको कार्यालयको रिपोर्टअनुसार महिलालाई गत मंगलबार माछाको तिखो चुच्चोले धसेको थियो ।

उनीसँग दुई जना पुरुषहरू पनि डुंगामा सवार थिए । सेलफिस इस्टियोफोरस जीनसमा रहेका समुद्री माछाका दुई प्रजाति अन्तर्गत पर्छन् । उनीहरु निलादेखि खैरा सम्म हुन्छन् ।

उनीहरूको विशेषतः ठूलो पखेटा हुन्छ, जसलाई पछाडिको भागसम्म फैलाउन सक्छन् । लामो र तिखो चुच्चो सेलफिसको अर्को महत्वपूर्ण विशेषता हो । सेलफिसलाई समुद्रको सबैभन्दा छिटो प्रजातिको माछा बताइन्छ ।