काठमाडौं, १० साउन । गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ ल्याउनुभएको छ । यसअघिका आफ्ना गीत दर्शक र स्रोताले मन पराएपछि गायक राजेशले ‘कान्छी माया तिम्रो लाग्छ’ बोलको गीत सार्वजनिक गर्नुभएको हो । नेपाल सिंगिङ सुपरस्टारको प्रतिस्पर्धीसमेत रहेका उहाँको ‘कालो कालो’ र ‘तोडियो तोडियो’ गीत दर्शक र स्रोताले निकै मन पराउनुभएको थियो ।
कान्छी पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ । कान्छीमा सुन्दर मगरको शब्द सृजना र संगीत रहेको छ । फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईको निर्देशनमा तयार पारिएको कान्छीको भिडियोमा सुरविना कार्की र इन्द्र खरेलको अभिनय छ ।
उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेनुभएको हो । प्रोडक्सन म्यानेजर दिपेन्द्र गौतम हुन् भने भिडियो निर्माणमा केदार उप्रेती हुनुहुन्छ । देवीथान म्युजिक च्यानलबाट कान्छी सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्