जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार ०८:२१

दैलेखमा बस दुर्घटना, एक जनाको मृत्यु


दैलेख, साउन ७ । दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ राकम कर्णालीमा मंगलबार विहान ना५ख ७२४३ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आठबीस नगरपालिका वडा नं. ५ मालाचौर बस्ने अन्दाजी ३३ वर्षकी धृजा माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेख जनाएको छ । बस चिप्लिएर दुर्घटना भएको हो ।  बस भने जुम्ला देखि काठमाडौंका लागि छुटेको थियो । अरु थप यात्री लिनका लागि मालाचौर जान फर्कदा शेराबाडा नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परेका अन्यको अवस्था सामान्य रहेको र ८ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।