एजेन्सी । अमेरिकी कंग्रेसका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको समाचारलाई लिएर चीन आक्रोशित भएको छ। यदी न्यान्सीले ताइवानको भ्रमण गरेमा त्यसको नतिजा भोग्न तयार रहन चीनले अमेरिकालाई चेतावनी दिएको छ ।
अमेरिकाको क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्रेटिक पार्टीकी सांसद न्यान्सी पेलोसी अमेरिकी प्रतिनिधि सभाको सभामुख हुनुहुन्छ । उनी राष्ट्रपति र उपराष्ट्रपतिपछि अमेरिकाको तेस्रो शक्तिशाली व्यक्ति हुनुहुन्छ । यदि उहाँले ताइवानको भ्रमण गर्नु भयो भने , उहाँ १९९७ पछि ताइवान भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी नेता हुनुहुनेछ ।
चीनले स्वशासित ताइवानलाई आफ्नै प्रान्तको रूपमा हेर्छ । चीन यो चीनकै एक हिस्सा हो भन्ने ठान्दछ । यसका लागि चीनले सैन्य हस्तक्षेप पनि गर्न सक्छ । अर्कोतर्फ, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र ठान्दछ। गत हप्ता, राष्ट्रपति बाइडेनले पत्रकारहरूलाई भने कि ‘सेनालाई यो राम्रो विचार लागेको छैन ।’ सोही समय ह्वाइट हाउसले चीनले यो भ्रमणको विरोध गरेकामा आपत्ति जनाएको छ।
न्यान्सी पेलोसीले कुनै पनि यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकाको अडानमा कुनै परिवर्तन नभएको स्टेट डिपार्टमेन्टले जनाएको छ। यी टापुहरू अमेरिकाको विदेश नीतिका लागि धेरै महत्त्वपूर्ण छन्। अमेरिकाको ताइवानसँग बलियो अनौपचारिक सम्बन्ध छ भने चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध छ।
यदि यो भ्रमण अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका समकक्षी सी जिनपिङबीचको बहुप्रतिक्षित फोन वार्ता अघि भएको हो भने यसले दुई देशबीचको तनाव बढाउने काम गर्नेछ।
न्यान्सी पेलोसी किन ताइवान यात्रा गर्न चाहनुहुन्छ ?
अमेरिकी जनता र अमेरिकी कांग्रेसले ताइवानलाई बलियो समर्थन गर्दछ। सभामुख पेलोसी आफ्नो ३५ वर्षको करियरमा चीनको कडा आलोचक बन्नु भएको छ ।
उहाँले प्रजातन्त्र समर्थक र चिनियाँ सरकारबाट असन्तुष्ट मानिसहरूलाई भेटेनु भएको छ । उहाँ चीनको मानवअधिकार रेकर्डको प्रखर आलोचक हुनुहुन्छ ।
यसबाहेक, न्यान्सी पेलोसीले पनि १९८९ को नरसंहारका पीडितहरूलाई श्रद्धांजलि अर्पण गर्न तियानमेन स्क्वायरको भ्रमण गर्नुभएको छ। उहाँको मुख्य योजना अप्रिलमा ताइवान जाने थियो, तर त्यतिबेला उहाँलाई कोभिड संक्रमण ु भयो, जसका कारण उहाँले भ्रमण स्थगित गर्नुपरेको थियो ।
न्यान्सी पेलोसीले भ्रमणको विवरणमा टिप्पणी गर्न अस्वीकार गर्नु भएको छ, तर उहाँले गत हप्ता ताइवानलाई समर्थन देखाउनु अमेरिकाका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।
चीनले किन यात्राको विरोध गरिरहेको छ ?
ताइवान चीनकै प्रान्त मध्ये एक हो, जुन अन्ततः एक दिन फेरि चीनको हिस्सा बन्नेछ भन्ने चीनको विश्वास छ। चीनले ताइवानलाई विलय गर्न बल प्रयोगको गर्ने भन्ने धेरै पटक हल्ला चलेको छ । ताइवान र अमेरिकाबीच बढ्दै गएको कूटनीतिक सम्बन्धप्रति चीनले असन्तुष्टि व्यक्त गरेको छ । अप्रिलमा, छ अमेरिकी सांसदहरूले ताइवानको अचानक भ्रमण गर्नु भएको थियो ।
सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पेलोसीले आफ्नो यात्रा अघि बढाएमा चीनले कडा कदम चाल्ने र त्यसको सम्पूर्ण परिणामको जिम्मेवारी अमेरिकाकै हुने चेतावनी दिनुभएको छ । चीनको रक्षा मन्त्रालयका प्रवक्ताले जवाफमा सैन्य प्रतिक्रिया पनि हुनसक्ने बताए ।
कर्नेल तान केफेईले चाइना डेलीलाई भने कि यदि अमेरिकी पक्ष अगाडि बढ्ने जिद्दीमा रह्यो भने चिनियाँ सेना हातमा दही जमाएर बस्दैन र ताइवानमा कुनै पनि बाह्य हस्तक्षेप र पृथकतावादी प्रयासलाई विफल पार्न कडा कदम चाल्नेछ।
चीनको बराम्बार धम्कीको चपेटामा परेको ताइवान सानो टापु देश हो । संयुक्त राष्ट संघबाट मान्यता नपाएको यो देशले शक्तिशाली देश अमेरिकाको उच्चस्तरीय भ्रमणको स्वागत गर्न आतुर हुनु स्वभाविक रहेको बताइन्छ । त्यसैले ताइवान सरकारले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीलाई यो यात्रा नगर्न केही भनेको छैन ।













प्रतिक्रिया दिनुहोस्