जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १०:३३

पुष्पलालसामू बामदेवको त्यो लालसलाम (फोटो फिचर)


काठमाडौं, साउन ७ । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस । आजको दिन देशभर बिभिन्न कार्यक्रमको आयोजना गरी पुष्पलाल स्मृति दिवस मनाइदैछ । यसैक्रममा नेकपाका शीर्ष नेताहरु आज चम्पादेवीस्थित पुष्पलाल पार्कमा उहाँको शालिसामु उभिएर श्रद्धाञ्जली अर्पणसँगै पुष्पलालको सपना साकार पार्ने अठोट गर्नुभयो । श्रद्धाञ्जलीपछि पुष्पलालको शालिकसामु उभिएर तस्विर खिचाउँदा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपालदेखि नेकपाका नेताहरुले मुस्कान दिनुभयो भने नेता बामदेव गौतम फरक शैलीमा प्रस्तुत हुनुभयो ।