जनता टाइम्स

१२ श्रावण २०७९, बिहीबार १७:१५

भारतका सय सबैभन्दा धनी महिलाको सूचि सार्वजनिक, टेकरीवाल सबैभन्दा कान्छी धनी


एजेन्सी । देशको शीर्ष आईटी कम्पनी एचसीएल टेक्नोलोजीकी अध्यक्ष रोशनी नादर मल्होत्रा ​​भारतको सबैभन्दा धनी महिला बनेकी छिन् । योसँगै ब्यूटी ब्राण्ड निका सुरु गर्न इन्भेष्टमेन्ट बैंकिङ करियर छोडेकी फाल्गुनी नायर आफ्नै बलबुतामा धनी महिलाको शीर्ष स्थानमा छिन् ।

कोटक प्राइभेट बैंकिङ–हुरुनले बुधबार भारतका धनी महिलाको सूची सार्वजनिक गरेको छ । यो प्रतिवेदन ३१ डिसेम्बर २०२१ सम्मको महिलाको कुल सम्पत्तिको आधारमा तयार गरिएको हो । रोशनी नाडरको कुल सम्पत्ति ५४ प्रतिशतले बढेर ८४ हजार ३३० करोड पुगेको छ । योसँगै ५९ वर्षीया फाल्गुनी नायरको कुल सम्पत्ति अहिले ५७ हजार ५२० करोड पुगेको छ ।

रिपोर्टका अनुसार नायरको सम्पत्तिमा ९६३ प्रतिशतले वृद्धि भएको छ । व्यवसाय चलाउने वा आफ्नै व्यवसाय स्थापना गर्ने सय महिला व्यवसायीको सूची दिइएको छ । एक वर्षमा सबै १०० महिलाको कुल सम्पत्ति ५३ प्रतिशतले बढेको छ । यो सन् २०२० मा २.७२ लाख करोड थियो, जुन २०२१ मा बढेर ४.१६ लाख करोड पुगेको छ।

चाखलाग्दो कुरा के छ भने भारतको औसत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यी महिलाको हिस्सा २ प्रतिशत पुगेको छ । सबैभन्दा धनी महिलाको सूचीमा रोशनी नाडर र फाल्गुनी नायरपछि बायोकोनका संस्थापक तथा सीईओ किरण मजुमदार शौ तेस्रो नम्बरमा हुनुहुन्छ । यसपछि दिवी ल्याबोरेटरीजकी निर्देशक नीलिमा मोतापार्टी, जोहोकी संस्थापक राधा वेन्बु, औषधि कम्पनी युएसभी प्रालिका अध्यक्ष लीना गान्धी तिवारी, थर्म्याक्सका निर्देशक अनु आगा र मेहर पदमजी, डाटा स्ट्रिमिङका सह–संस्थापक नेहा नारखेडे सहभागी हुनुहुन्छ ।

प्लेटफर्म न्यू कन्फ्लुएन्ट, डा लाल पाथल्याब्स, हिरो फिनकर्पकी निर्देशक वन्दना लाल र हिरो फिनकर्पकी प्रबन्ध निर्देशक रेणु मुंजाल शीर्ष १० धनी महिलाको सूचीमा पर्नु भएको छ । तर, सूचीमा एउटा नाम कनिका टेकरीवालको पनि छ, जो शीर्ष १० मा नपर्दा पनि चर्चामा हुनुहुन्छ । वास्तवमा कनिका सबैभन्दा कम उमेरमा सबैभन्दा धनी महिलाको सूचीमा पर्नु भएको हो ।

को हुनुहुन्छ कनिका टेकरीवाल ?
‘जेट सेट गो’ नामको कम्पनी सुरु गरेकी कनिका टेकरीवालले सामान्यतया पुरुषको बाहुल्य मानिने उड्डयन क्षेत्रमा आफ्नो पहिचान बनाउनु भयो । भर्खर ३३ वर्षकी कनिकाले उड्डयन क्षेत्रमा यस्तो उद्यम सुरु गर्नुभयो , जसको बारेमा मानिसहरूलाई धेरै थाहा छैन । कनिकाको कम्पनीले मानिसहरूलाई निजी जेट र हेलिकप्टर उपलब्ध गराउँछ।

यस मार्फत निजी विमान, हेलिकप्टर र एयर एम्बुलेन्स सजिलै अनलाइन बुक गर्न सकिन्छ। ‘आफैमा भरोसा’ जीवनको मन्त्र बताउने कनिका टेकरीवालको सम्पत्ति ५० प्रतिशतले बढेको छ । अहिले उनको कुल सम्पत्ति ४२० करोड रहेको छ । जीवनमा आएका चुनौतिहरूको चर्चा गर्दै, कनिकाले दूरदर्शनलाई दिएको एक अन्तर्वार्तामा बताउनु भएको थियो कि, कसरी १७ वर्षको उमेरमा उहाँले एउटा उड्डयन कम्पनीमा काम गर्नु भएको थियो, जहाँबाट उहाँलाई आफ्नै व्यवसाय सुरु गर्ने प्रेरणा मिलेको थियो ।

तर जब कनिका २० वर्षकी हुनुभयो, उहाँले पहिले क्यान्सरसँग लड्नुपरेको थियो तर यो रोगले उहाँलाई पहिलेभन्दा बलियो बनायो । कनिका भन्नुहुन्छ, ‘जिन्दगीमा कुनै पनि कुरा सजिलै आउँछ भने त्यसको अर्थ हुँदैन ।’ मानिसहरूले उहाँको व्यवसायिक विचारलाई पनि खिल्ली उडाए । दूरदर्शनलाई दिएको अन्तर्वार्तामा कनिकाले भन्नुभयो, ‘मैले २४ वर्षको उमेरमा एक्लै कम्पनी सुरु गरें । नाम परिवर्तन गरेर ग्राहकहरूसँग कुरा गर्थें । बिस्तारै मेरो कम्पनी बढ्दै गयो।’