जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार ११:३०

प्रेमीले नै साथीलाई पनि यौन सम्पर्क गर्न दिए मात्रै विवाह गर्छु भनेपछि..


बर्दिया, साउन ७ । बर्दियामा एक प्रेमीले आफूसँगै साथीसँग समेत यौन सम्पर्क गर्न दिएपछि मात्रै बिवाह गर्छु भन्दै रातभर एक किशोरीको पालैपालो बलात्कार गरेको पाइएको छ । बिवाहका लागि भन्दै आफ्नो घर बोलाएर ती युवाले प्रेमिकाको सामूहिक बलात्कार गरेका हुन ।

प्रहरीका अनुसार बढैयाताल गाउँपालिका ८ पशुपतिबजार देखि २ सय मिटर दक्षिणमा रहेको आफ्नै घरमा १८ वर्षीया किशोरीलाई बलात्कार गरिएको हो । प्रहरीले सामूहिक बलात्कारका अभियोगी सोही ठाउॅका २४ वर्षीय अशोक सुनार र २२ वर्षीय श्रीधर थापालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार ती किशोरीलाई विवाह गर्ने भन्दै घरमै साथीसहित पालैपालो बलात्कार गरेका थिए ।

सुनारका बाबु अर्को विवाह गरी अन्यत्र बस्दै आएका थिए भने आमा बैदेशिक रोजगारीमा हुनुहुन्छ । सुनार घरमा एक्लै बस्दै आएका थिए। उनले विवाह गर्छु भनेपछि ती किशोरी घर छाडेर आएकी थिइन्। ‘किशोरीलाई दुईवटा कोठामा पालैपालो बलात्कार गरिएको अनुसन्धानमा देखिएको छ, साथीलाई यौन सम्पर्क गर्न दिए विवाह गर्ने भनेर बाध्य गराएको देखिन्छ,’ प्रहरी निरीक्षक वलीको भनाई छ ।

प्रहरीका अनुसार बलात्कार भएको भोलिपल्ट विहे पछि गर्छु अहिले घर जाउ भनेपछि किशोरी रुन थालेकी थिइन । त्यसपछि मात्रै प्रहरीलाई जानकारी भएको थियो। सामूहिक बलात्कार गरेको अभियोगमा सुनार र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवैजनाविरुद्ध सामूहिक बलात्कारको अभियोगमा मुद्दा दायर गरिएको छ ।