जनता टाइम्स

१४ श्रावण २०७९, शनिबार १३:५६

किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो : रुस


एजेन्सी । रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ । यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छन् ।

‘अमेरिका निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली ९एचआईएमएआरएस० बाट ओलेनिभकाको बस्तीको क्षेत्रमा मिसाइल आक्रमण गरिएको थियो’, रुसी रक्षा मन्त्रालयले आफ्नो दैनिक ब्रिफिङमा भन्यो ।

उक्त क्षेत्रमा युक्रेनी सैन्य युद्धका कैदीहरू र एजोभ बटालियनका लडाकुहरू रहेको मन्त्रालयले जनाएको छ । बिफ्रिङमा अगाडि भनिएको छ, ‘आक्रमणका कारण ४० युक्रेनी युद्धबन्दीको मृत्यु भएको छ र ७५ जना घाइते भएका छन् । ’ कैदका ८ कर्मचारी पनि घाइते भएको जनाइएको छ ।