एजेन्सी । अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। संक्रमणबाट ब्रजिलका एक ४१ वर्षीय पुरूषको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म १ हजार ६६ जनामा मंकीपक्स पुष्टि भएको छ ।
त्यस्तै स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ । मंकीपक्सबाट मृत्यु भएको युरोपमै पहिलो घटना हो । भाइरसबाट स्पेन सबैभन्दा संक्रमित देशमध्ये एक हो । अहिलेसम्म ४ हजार २९८ जनामा मंकीपक्स देखिएको छ । तीमध्ये १३० जना अस्पताल भर्ना भएका छन् ।
एक साताअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। विज्ञहरुका अनुसार यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। सङ्क्रमण भएपछि ठेउलाको जस्तो फोका देखिन्छ। सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउने अन्यमा पनि यो भाइरस सर्न सक्छ।
ज्वरो आउने, टाउको दुख्ने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या यो रोगका लक्षण हुन् ।













प्रतिक्रिया दिनुहोस्