एजेन्सी। अस्पतालको दुर्घटना तथा आकस्मिक वार्डमा एनेस्थेसिया दिएर अचेत अवस्थामा रहेका महिला बिरामीसँग यौनसम्पर्क गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घृणित गतिविधिलाई क्यामेरामा रेकर्ड पनि गर्थे । दुई केटीले उनलाई लिजर सेन्टरमा हेरिरहेको देखेपछि यो कुरा बाहिर आएको हो ।
एउटा अङ्ग्रेजी वेबसाइटको समाचार अनुसार २९ वर्षीय एन्ड्रयु हचिन्सन र्याडक्लिफ अस्पतालमा वरिष्ठ पुरुष नर्सको रूपमा काम गर्थे । यहाँ उनको ड्युटी दुर्घटना र आकस्मिक मेडिकल वार्डमा थियो । ड्युटीमा हुँदा हचिन्सनले एनेस्थेसियाको प्रभावमा अचेत महिला बिरामीसँग यौनसम्पर्क राख्थे ।
यस बाहेक उनले अस्पतालबाट क्यामेरा पनि चोरेका थिए जसमा उनले महिलाको स्कर्टमुनि चिहाउने गर्थे । यससँगै उनले कपडा फेर्ने कोठामा केटीहरुको कपडा फेरेको क्लिप पनि बनाएका थिए । अस्पताल बाहेक उनले प्यारामेडिक स्वयंसेवकको रुपमा पनि काम गरे । यहाँ पनि उनले दुई अचेत महिलाको शवसँग यौन सम्वन्ध राखेका थिए ।
हचिन्सनलाई दुई महिला नर्सहरूले कपडा फेर्ने कोठामा घुमिरहेको भेट्टाएपछि पक्राउ परे । उनी २०१३ नोभेम्बरमा पक्राउ परेका थिए र उनको मोबाइल र ल्यापटपबाट प्रहरीले धेरै अश्लील तस्विर र भिडियोहरू बरामद गरेको थियो ।
भिडियो बरामद भएका महिला र युवती १० देखि ३५ वर्ष उमेर समूहका थिए । अधिकारीहरूले पीडितहरूसँग सम्पर्क गर्दा उनीहरूले त्यतिबेला बेहोस भएको वा अभियुक्तले गोप्य रूपमा फिल्म बनाएकाले आफूलाई यसबारे केही थाहा नभएको बताए ।
हचिन्सनलाई अक्सफोर्ड क्राउन कोर्टमा पेश गरियो जहाँ उनले आफ्नो अपराध स्वीकार गरे । अदालतले उनलाई २८ वटा आरोपमा दोषी ठहर गरेको छ । यस घटनामा प्रहरीले १० जनाको मात्रै पहिचान गर्न सकेको छ भने अन्य कसैको पनि पहिचान हुन सकेको छैन ।
उनका वकिलले अभियुक्तले यसलाई उनको लत भनेका छन् । न्यायाधीशले उनलाई हिरासतमा पठाउँदै अप्रिल २७ गतेसम्मको फैसला सुरक्षित राखेका छन् । यस विषयमा अस्पताल व्यवस्थापनले आश्चर्य व्यक्त गर्दै बिरामीको सेवामा खटिएका व्यक्तिले यस्तो घृणित कार्य गरेको पत्याउन नसक्ने बताएको छ ।













प्रतिक्रिया दिनुहोस्