जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार २१:१४

एमाले बरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण, निमोनियाको समेत लक्षण


काठमाडौं, साउन १६ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ । बरिष्ठ उपाध्यक्ष पोखरेललाई आज संक्रमण भएको हो ।

पोखरेलको सचिवालयले जनाएअनुसार केही दिन देखि हल्का ज्वरो र रुघा लागेपछि आज उहाँलाई परीक्षण गरिएको थियो । परीक्षणमा पोजेटिभ नतिजा आएको हो । घरमै आराम गरिरहनु भएका पोखरेललाई निमोनियाको लक्षण पनि देखिएको सचिवालयले जनाएको छ ।