जनता टाइम्स

१७ श्रावण २०७९, मंगलवार १९:२४

अमेरिका उडिन मिस नेपाल प्रियंका


काठमाडौं, साउन १७ । मिस नेपाल प्रियंकारानी जोशी अमेरिका भ्रमणमा निस्कनुभएको छ । मिस नेपालको ताज जितेपछि पहिलो विदेश भ्रमणका लागि जोशी अमेरिकाको न्यूयोर्क जानुभएको हो ।

जोशी आज बेलुका कतार एयरवेजमार्फत अमेरिकातर्फ उडनुभएको हो । मिस नेपाल उत्तर अमेरिकी फिनालेमा सहभागी हुन र आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि लगानीकर्ता जुटाउने योजनासहित उहाँ न्यूयोर्क उडनु भएको हो ।