जनता टाइम्स

१८ श्रावण २०७९, बुधबार १८:१४

कोरोना संक्रमण बढ्दो, नेपालमा आज मात्रै थपिए ९१५ संक्रमित


काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा २ हजार ९११ एन्टिजेन विधिबाट ३२५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३०१ जना कोरोना मुक्त भएका छन् । आज थपिएकासँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।