जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ११:४१

प्रदेश–२ का सभामुखको ५० हजार पाकेट मार्ने मियाँ हिरासतबाटै फरार


बारा, साउन ८

प्रदेश–२ का सभामुखको पाकेट मार्ने एक युवा प्रहरी हिरासतबाटै फरार भएका छन् । सिमरौनगढ इलाका प्रहरी कार्यालयको हिरासतबाट भारतको मोतिहारी जिल्ला लिपनी–४ का स्थायी बासिन्दा १९ वर्षीय फिरोज मियाँ फरार भएका हुन् ।

उनि सभामुख सरोज यादवको पाकेटमारेको आरोपमा साउन ३ गते पक्राउ परेका थिए । बाराका डिएसपी रञ्जित राठौरका अनुसार मेसमा खाना खान लगिएको बेला उनी पर्खाल नाघेर फरार भएको पुष्टि गर्नुभएको छ । सभामुख यादवका अनुसार साउन ३ गते सिमरौनगढको हाट बजारमा गएको बेला मियाँले पकेट मारेका थिए ।

सभामुख यादवको पकेट मारेर भाग्दै गरेको अवस्थामा उनलाई स्थानीय युवाले समातेका हुन् । उनले सभामुखको गोजीमा रहेको ५० हजार पाकेट मारेका थिए । सभामुख यादवले आफू हाट बजारमा घुम्न जाँदा त्यहाँ कुनै प्रहरी नदेखेको र पकेटमारलाई नियन्त्रणमा लिएर खबर गर्दा पनि त्यहाँको इन्चार्जले वेवास्ता गरेको दाबी गर्नुभएको छ ।