जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १४:१३

महंगीविरुद्ध भारतमा बबाल: राहुल गान्धी हिरासतमा, प्रियंकाको सडकमै धर्ना


एजेन्सी । बढ्दो बेरोजगारी र मुद्रास्फीतिको विषयमा भारतीय कांग्रेसको देशव्यापी प्रदर्शनका नेता राहुल गान्धीलाई हिरासतमा लिइएको छ भने प्रियंका गान्धी सडकमा धर्नामा बस्नु भएको छ ।

कांग्रेस महासचिव प्रियंका गान्धी कांग्रेस मुख्यालय नजिकैको सुरक्षा घेरा तोडेर ब्यारिकेड हाम फालेर अगाडि बढ्नु भएको थियो तर उहाँलाई रोकिएपछि सडकमै बस्नु भएको हो ।

उता, कांग्रेसले राहुल गान्धीलाई हिरासतमा लिएपछि एउटा भिडियो शेयर गरेको छ । भिडियोमा राहुल गान्धी बसमा देखिएका छन् र सांसद इमरान प्रतापगढ़ी पनि उहाँसँगै हुनुहुन्छ ।

प्रियंका गान्धी कङ्ग्रेसको मुख्यालय बाहिर सडकमा कडा सुरक्षाबीच बसिरहनु भएको छ । हिरासतमा लिनुअघि राहुल गान्धीले केही सांसदहरूलाई घिसारेर कुटपिट गरेको आरोप लगाउनु भएको छ ।

बढ्दो मुद्रास्फीति र बेरोजगारीको विरोधमा कांग्रेसले भदौ ५ गते देशव्यापी आन्दोलनको घोषणा गरेको थियो । राहुल गान्धीले शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर भाजपामाथि दोष लगाउनु भएको थियो । थर्काउनेले नै धम्की दिने गरेको उहाँले बताउनुभयो । राहुल गान्धीले आगामी दिनमा आफूमाथि आक्रमण बढ्ने तर यसले आफूलाई राम्रो बन्न मद्दत गर्ने बताउनु भएको छद ।

राहुल गान्धीको नेतृत्वमा कांग्रेसका सबै सांसद र नेताहरूले कालो पहिरन लगाएर संसदबाट राष्ट्रपति भवनसम्म र्‍याली गर्नु भएको थियो तर बाटोमै रोकिनु परेको थियो ।