जनता टाइम्स

२२ श्रावण २०७९, आईतवार १७:४२

फेक न्यूजपछि अब फेक पोर्न (सेक्स टेप) को विगविगी


एजेन्सी । हालैका दिनहरूमा ‘डीपफ्याक्स’ को धेरै घटनाहरू भएका छन् जसमा चर्चित हिरोइनहरूको अनुहार अरू कसैको शरीरमा राखेर अश्लील भिडियोहरू बनाइएको छ।

यस्ता भिडियो बनाउन अहिले सजिलो भएको छ । इन्टरनेटको माध्यमबाट मानिसको यौन फन्टासी पूरा गर्न यस्ता भिडियो बनाइने गरेका छन् ।

यस प्रविधिको प्रयोगले गम्भीर परिणामहरू पनि निम्त्याउन सक्छ। आज हामीले देखिरहेका फेक न्यूजले कसरी संटक ल्याइरहेको छ, जुन अझै प्रारम्भिक चरणमा छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारको यस्ता धेरै भिडियो बनेका छन् । यी भिडियोहरू स्पूफहरू हुन्रन् । तर कुनै खास उदेश्यको प्रचार गर्न यी बनाइएका हुन् भने यस्को प्रभाव कस्तो होला कल्पना गर्न सकिन्छ।

यस विषयमा संस्था र कम्पनीहरु सचेत र तयारी अवस्थामा छैनन् । त्यस्ता सामग्रीहरू आउने वेबसाइटहरूले यो हेरिरहेका छन् । तर, धेरैलाई यस्तो हुँदा के गर्ने भन्ने थाहा छैन। अहिले यो प्रविधिको प्रयोग गर्न थालिएको छ । सेक्स टेपमा एक्कासि चर्चित अनुहार देखाइन थालेपछि यहाँ कौतुहलता बढेको छ ।

डिपफ्याक्स कसरी बनाइन्छ ?
यी भिडियोहरू बनाउन प्रयोग हुने सफ्टवेयरका डिजाइनरहरूका अनुसार यो सफ्टवेयर रिलिज भएको एक महिनाभित्रै एक लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । यौन भिडियो चलाउने, विगार्ने काम एक शताब्दी देखि भइरहेको छ, त्यतिबेला यो बनाउन धेरै गाह्रो कुरा थियो ।

अब यो सम्पादन केवल तीन चरणहरूमा गरिन्छ ? एक व्यक्तिको फोटो संकलन, एक अश्लील भिडियो छनोट, र त्यसपछि प्रतीक्षा । तपाईंको कम्प्युटरले बाँकी काम गर्नेछ, यद्यपि यसले छोटो क्लिपको लागि ४० घण्टासम्म लाग्न सक्छ।

सबैभन्दा लोकप्रिय डीपफेकहरू सेलिब्रेटीहरूका हुन्छन्, तर यस्तो काम सबैका लागि प्रयोग गर्न सकिन्छ, त्यसका लागि धेरैभन्दा धेरै लक्षित व्यक्तिका स्पष्ट फोटाहरूको उपलब्धता जरुरी हुन्छ । यो पनि अब गाह्रो काम छैन किनकि मानिसहरूले सामाजिक सञ्जालमा धेरै सेल्फी र यस्ता धेरै फोटो पोस्ट गरिरहेका हुन्छन् ।

यो प्रविधिले संसारभरका मानिसहरूको ध्यान खिचिरहेको छ। दक्षिण कोरियामा हालै इन्टरनेटमा ‘डिपफेक’ खोज्ने क्रम बढेको छ ।

सेलिब्रेटीहरूको अनुहारको धेरै प्रयोग
केही सेलिब्रेटीहरूको अनुहार डीप फेकका लागि बढी प्रयोग गरिएको छ। हलिउड अभिनेत्री एम्मा वाटसनलाई डीपफेकमा व्यापक रूपमा प्रयोग गरिएको छ।

उनीबाहेक मिशेल ओबामा, इभान्का ट्रम्प र केट मिडलटनको पनि डिपफेक बनाइएको छ । वन्डर वुमनको भूमिका निर्वाह गर्ने गेल ग्याडोटको डिपफेक यस प्रविधिको प्रभाव देखाउने पहिलो डिपफेकहरू मध्ये एक थियो ।

त्यस्ता सामग्री सार्वजनिक गर्न अनुमति दिने केही वेबसाइटहरूले अब यस सम्बन्धमा विकल्पहरू खोज्ने विचार गरिरहेका छन्। एउटा फोटो होस्टिंग साइट, जिफक्याटले ती फोटाहरू आफ्नो साइटबाछ हटाए जुन डिपफ्याक्समा फेला परेको थियो ।

गुगलले विगतमा यस्ता पनि यस्ता सामग्री खोज्न कठिन बनाउन केही कदम चालेको थियो । तर यसमा गुगलले फेरि त्यस्तो कुनै कदम चाल्छ जसले अहिले यस्तो रिवेञ्ज पोर्नको सामना गर्नु परेको होस् भन्ने कमै विश्वास गरिन्छ । यसमा कुनै व्यक्तिलाई बदनाम गर्नको लागि उसको मौलिक तस्विर बिना अनुमति पोस्ट गरिन्छ।

डिपफेक्सले यी मामिलाहरूलाई अझ गाह्रो बनाएको छ। देखाइएका अश्लिल भिडियो नक्कली भए पनि त्यसका शिकार मानिसको पीडा भने वास्तविक हुन्छ । (बिबिसीबाट)