जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १५:३५

युद्धरत् युक्रेनी सैनिकलाई आफ्ना सेक्सी फोटो पठाउँदै युवती, के हो कारण ?


एजेन्सी । रुस र युक्रेनबीच १६० दिनभन्दा बढी समयदेखि युद्ध जारी छ । युक्रेनी सेना वीरतापूर्वक लडिरहेका छन्। बहादुरीका साथ लड्न र आफ्नो मनोबल उच्च राख्न उक्साउन युक्रेनका युवतीहरूले एउटा अनौठो विचार ल्याएका छन् ।

युक्रेनी युवतीले पुटिनको सेनासँग लडिरहेका सैनिकहरूलाई उत्साहित गर्न आफ्नै पोज पोजका सेक्सी फोटोहरू पठाइरहेका छन् । सामाजिक सञ्जाल टेलिग्राम नामक च्यानलमा युवतीका फोटोहरू सेयर गरिएको छ ।

डेलीस्टीरको रिपोर्ट अनुसार मनोवैज्ञानिक अन्ना राइमारेन्को (३९) ले टेलिग्राममा यो च्यानल बनाएकी हुन् । बिरालोको लागि पोष्टकार्डहरू नामक यो च्यानलका चार हजार भन्दा बढी सदस्यहरू छन्। जसमा दैनिक सयभन्दा बढी युवतीका सेक्सी फोटोहरू अपलोड भइरहेका छन् । युक्रेनी भाषामा किटेन भनेको सिपाही हो । कीभमा बस्ने अन्ना भन्छिन् कि यी कुराहरूले युद्धमा फसेको देशमा कामुकता र प्रेम फिर्ता ल्याउँछ।

यस्तो आइडिया कहाँबाट आयो ?
अन्नाले यस आइडियाको बारेमा भनिन्, ‘मेरो एक सैन्य सहकर्मीले मजाक गर्दै भनेकी थिइन् किन केटीहरूले आफ्नो नग्न तस्विर पठाएर सैनिकहरूलाई समर्थन गर्दैनन् । यसले उनीहरुको उत्साह बढ्नेछ ।’ यो कुरा सुनेर मलाई ठिकै लाग्यो। अन्ना र उनको साथी डारिया पावलोवस्काले सबै प्रकारका फोटोहरूलाई स्वागत गर्छन, तर कुनै अति नै नाङ्गा फोटो भने पोष्ट गरिदैन ।

सेनाहरु के भन्छन् ?
युक्रेनको युद्धमा सेनाहरू लगातार रुससँग लडिरहेका छन् । तस्विरका बारेमा टिम नामका सिपाहीले भने, ‘यस प्रकारको च्यानलले मलाई घरको याद दिलाउँछ। यो च्यानल खोल्दा घर फर्कने सपना देख्छु । मलाई पर्खिरहेका होलान भनेर सोच्छु।’ यसैबीच राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेन दिवसको अवसरमा वायुसेनाका सैनिकहरूलाई पुरस्कार प्रदान गरेका छन् ।