जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १६:४२

अष्ट्रेलियाको एक पहाडको चुचुरोमा सेल्फी खिन्न खोज्दा चिप्लिएर खसेकी रोजीको दुखद निधन


काठमाडौं, २३ साउन । सेल्फी लिन पहाडको चुचुरो छेउमा जाँदा चिप्लिएर खसेकी एक महिलाको निधन भएको छ । ३८ वर्षीया रोजी लुम्बा आफ्नो परिवारसँग अष्ट्रेलियाको बोरोका लुकआउट नजिकै घुम्न जानुभएको थियो । यसै क्रममा श्रीमान् र छोराछोरीका अगाडि चुचुरोको किनारबाट खसेर उहाँको मृत्यु भएको समाचारमा जनाइएको छ ।

रोजी लुम्बा आफ्ना श्रीमान बसन्त र दुई छोराछोरीसँग घुम्न जानुएको थियो। यसै क्रममा श्रीमान् श्रीमती फोटो खिच्न भ्यु प्वाइन्ट नजिक पुगेका उनको सेल्फी रक मा पुगेर फर्किन खोज्दै गर्दा खुट्टा चिप्लिएर तल खसेको बताइएको छ । चट्टानमा झुण्डिएकी उनलाई श्रीमानले बचाउन खोजे पनि नसकेको बताइएको छ । प्रहरी र आकस्मिक सेवालाई पनि रोजीको शव निकाल्न करिब ६ घण्टा लागेको बताइएको छ । रोजीको मृत्यु टाउको गम्भिर चोट र मेरुदण्ड समेत धेरै चोटपटकका कारण भएको उल्लेख गरिएको छ ।