जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १०:५८

यस्ता लक्षण भएका श्रीमतीले चम्काउँछन श्रीमानको भाग्य


काठमाडौं, २५ साउन । शारिरिक बनावट अंग रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा समुन्द्र शास्त्रमा उल्लेख रहेको छ । शिव पुराणमा कुमार कार्तिकेयले कस्तो गुण भएको युवतीहरु भाग्यशाली हुन्छ भन्ने भन्ने बारे बताएका छन् । जुन गुणहरु भएका युवतीसँग विवाह गर्ने पुरुषलाई राजा सम्मान हुने कुरा उल्लेख गरिएको छ ।

पितासँग अनुहार मिल्ने युवतीहरु भाग्यमानी हुने गरेको बताइएको छ । उनीहरुको जीवनमा सुखभोग गर्न चाहेको जस्तोसुकै कुराहरु पनि प्राप्त हुने गर्छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी हुने बताइएको छ ।कालो कपाल र अगाडीपट्टी झकेको कपाल छ भने त्यस्ता युवतीहरु पनि भाग्यमानी हुने बताइएको छ । चिल्लो र मुलायम कपाल हुने युवतीलाई पनि भाग्यमानी मानिन्छ ।गोलो चिल्लो र आकर्षक अनुहार भएका युवतीलाई पनि भाग्यमानी मानिन्छ ।

शिरको अगाडीको भाग उठेको छ भने त्यस्ता युवतीहरु भाग्यमानी धनी र वैभवशाली हुने गर्छन् ।सिन्दुर लगाउने ठाउँमा सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यमानी हुने विश्वास रहेको छ । आँखी भौ धनुष जस्तो अकारमा झुकेका युवतीहरु भाग्यमानी मानिन्छ ।