जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार ०५:०३

दोर्दीखोला बाढीमा परी चार जनाको मृत्यु, सात जना बेपत्ता


लमजुङ, साउन ९ । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीबाट मृत्युहुनेको संख्या चार पुगेको छ । बाढीमा परी ७ जना बेपत्ता भएका छन् । लगातारको बर्षापछि दर्दीखोलामा बुधवार दिउसोबाट बाढी आएको हो ।

प्रहरीका अनुसार दोर्दीखोलाले बगाएर ल्याएको दुई शव दोर्दी गाउँपालिका ४ नौथर शेरा नजिकै बाढीआएको केहीबेरमै भेटिएको थियो । दिउँसो एक्कासी बाढी आउँदा स्थानीय तथा निर्माणधिन जलविद्युत आयोजनामा कार्यरत कामदारहरु भागाभाग भएका थिए ।

ढोडेनीमाथि लेकबाट एक्कासी पहिरो आएपछि त्यसक्षेत्रका स्थानीय भागेर ज्यान जोगाएका थिए । दोर्दीखोलामा निर्माणधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा क्षति पुराएको र काम गर्ने ठाउँमा बाढी पस्दा धनजनको क्षति पुगेको स्थानीयले बताएका छन् । प्रहरीले मृत्यु हुने तथा बेपत्ता सबै जलविद्युत आयोजनाका कामदार रहेको र थप विवरण आउन बाँकी रहेको बताएको छ ।