जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार ०९:१६

गुल्मी पहिरो : थप चार जनाको शव भेटियो


गुल्मी, साउन ९

गुल्मीको सत्यवती गाँउपालिकामा पहिरोमा पुरिएका थप चार जनाको शव फेला परेको छ । योसँगै ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार साँझ तीन र विहिवार विहान एक जनाको शव नेपाली सेनाको टोलीले फेला पारेको हो ।

सोमबार वडा नम्वर ३ र ४ मा गरि ९ जना जनाको शव फेला परेको थियो भने ४ जना बेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी मिनबहादुर घलेले वडा नम्वर ४ को लिम्घामा पहिरोमा बेपत्ता भएका ७ बर्षिया तारा बिक र डेढ बर्षीय बालक सञ्जु विक , वडा नं ३ को ठुलोलुम्पेकमा ३४ बर्षिया माया बिक उनका १४ बर्षिय छोरा बबि बिकको शव फेला परेको जानकारी दिनुभयो ।

वडा नम्वर ३ लिम्घामा सोमवार पहिरोले घर बगाउँदा मंगलबार सम्म एकै परिबारका निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो । पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी तरामुलाई बुधबार परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उपचारका लागि हेलिकप्टर राखेर काठमाण्डौ लगेका थिए ।