जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार ११:४१

प्रहरीमा हटेन घुसखोरी प्रबृत्ति, रंगेहात समातीए गौशालामा कार्यरत दुई सइ


काठमाडौं, साउन ९ । नेपाल प्रहरीका दुई प्रहरी नायब निरीक्षक (सई) घुससहित पक्राउ परेका छन । महानगरीय प्रहरी प्रभाग गौशलामा कार्यरत सईद्धय रमेशकुमार पाण्डे र राजु स्वर्णकारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साँझ घुस लिएको रकमसहित पक्राउ गरेको हो।

अख्तियारका अनुसार सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा पाण्डे र राजु स्वर्णकारलाई पक्राउ गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।