जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार १९:५८

तालिवानको एक वर्षे शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित


अफगानिस्तान २७ ,साउन । गत वर्षकोअगस्ट १५ मा तालिबान समूहले सत्ता सम्हालेपछि अफगानिस्तानमा ३९दशमलव ५,९ प्रतिशत सञ्चार माध्यम र करिब ६० प्रतिशत पत्रकारले रोजगारी गुमाएको रिपोर्ट सार्वजनिक भएको छ  ।

अफगानिस्तानमा पत्रकारको अवस्थाबारे चिन्ता व्यक्त गर्दै गैर–नाफामुलक अन्तर्राष्ट्रिय गैर–सरकारी संगठनले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।रिपोर्टर्स विदाउट बोर्डस’को सर्वेक्षणअनुसार १५ अगस्ट २०२१ मा तालिबानले सत्ता सम्हालेको एक वर्षमा अफगानिस्तानले आफ्ना ३९दशमलव५,९ प्रतिशत सञ्चारमाध्यम र अधिकांश महिला पत्रकारसहित ५९दशमलव८,६ प्रतिशत पत्रकार विस्थापित बनेका छन् ।

प्रतिवेदनअनुसार अफगानिस्तानमा १५ अगस्ट २०२१ भन्दा पहिले ५४७ सञ्चारमाध्यम थिए भने त्यसको एक वर्षपछि सन् २०२२ मा २१९ ले आफ्ना गतिविधि बन्द गरेका छन् ।संगठनको सर्वेक्षणले काबुलको पतन र इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको निर्माणले सञ्चारमाध्यममा पारेको ठूलो प्रभावको बारेमा कुनै शङ्का छैन ।

सन् २०२१ अगष्ट १५ अघि ११ हजार ८ सय ५७ जना पत्रकार रहेकामा अहिले चार हजार ७५९ जना मात्र छन् । महिला पत्रकार सबैभन्दा बढी प्रभावित भएका छन्, यो समयमा ७६दशमलव१,९ प्रतिशत महिला पत्रकारले रोजगारी गुमाएका छन् ।’